बैशाख २४, २०८१, सोमबार
               

मनाङ पुगिन् राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

मनाङ ।  राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । 

अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी छन् ।  

त्यसैगरी, गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने कार्यक्रम छ । 

यस्तै, जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि