बैशाख २१, २०८१, शुक्रबार
               

आज कर्णाली प्रदेशका तीन जना मन्त्री पदमुक्त हुँदै

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुँदै छन् । उनीहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लागेका हुन् । 

नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुन लागेका हुन् ।  

उनीहरु नेकपा एमालेमै रहँदा फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए । 

गैर सांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानूनी व्यवस्था छ । एमाले विभाजन भए पछि तीनै जना नेकपा (एकीकृत समाजवादी) मा छन् । 


कस्तो लाग्यो ?

यो पनि