बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानन्यायाधीशसँग न्यायाधीशहरूले वार्ता गर्ने!

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग संवाद गर्ने भएका छन् ।

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनका लागि भन्दै उनीहरूले वार्ता टोली पनि गठन गरेका छन् । टोलीमा तीन सदस्य रहेको भनिए पनि अहिले नाम खुलाइएको छैन ।

प्रधानन्यायाधीश हट्न तयार भएमा कुनै सम्मानजनक बाटो पहिल्याउने न्यायाधीशहरूको योजना छ । आफ्नो निर्णय उनीहरूले प्रधानन्यायाधीशलाई समेत सुनाएका छन् ।

प्रधानन्यायाधीशले बहिर्गमनका लागि केही समय मागेमा दिन सकिने गरी न्यायाधीशहरूले रणनीति बनाएको बुझिएको छ ।

यता न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा सुनुवाइ थालेका छन् । अपराह्न ३ बजेदेखि उनले सुनुवाइ थालेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि