बैशाख ०८, २०८१, शनिबार
               

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न आज बारको बैठक बस्दै

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

नेपाल बारले  यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर,  जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ, त्यस अनुसार जान मलाई मञ्जुर छ । तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन ।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि