जेठ ०८, २०८१, मंगलबार
               

संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिए पनि तत्कालै उक्त प्रस्ताव आउनसक्ने छ । 

अधिवेशन अन्त्य शीर्ष तहमै सहमति बनिसकेकाले सोहीअनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाइ छ ।

यसअघि, सरकारका तर्फबाट कानुनमन्त्रीसहितका मन्त्रीहरुले यसबारेमा सभामुख अग्नि सापकोटासँग छलफल गरिसकेको बताइएको छ । अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि