जेठ ०८, २०८१, मंगलबार
               

मुख्यमन्त्रीमा पाण्डेसँगै शपथ लिने तीन मन्त्रीको नाम तय

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्ने भएका हुन् ।

पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, कांग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने भएका हुन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले शपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।


कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको बताए ।  पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको उनको भनाइ छ ।  प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएकी थिइन् ।

उनको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । त्यस लगत्तै गठबन्धनको तर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि