जेठ ०८, २०८१, मंगलबार
               

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग क्राकानी गर्दै पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए । 

“चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि भएपनि राम्रो हुँदैन्”, उनले भने, “क्रियाशील सदस्यतामा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।”

नेता सिंहले आफू आसन्न १४औँं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने दावी गर्दै मङ्सिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्छ । यसमा के गाह्रो छ भनी प्रश्न गरे । 

उनले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकाले यसलाई अब तोड्नुपर्ने बेला आएको बताउँदै यसमा परिवर्तनका लागि आफू प्रवल दाबेदार रहेको उल्लेख गरे । उनले आफू गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मको पालामा उपसभापति भएर काम गरेको हुँदा आफू पार्टी सभापतिका सबल र सक्षम उम्मेदवार रहेको बताए । उनले भने, “पार्टीलाई सबल र सुदृढ बनाउनका लागि यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिपरेको छु ।”


कस्तो लाग्यो ?

यो पनि