जेठ ०८, २०८१, मंगलबार
               

को–कसको मान्छे भन्दा पनि व्यक्तिको विचार, उसको काम हेरेर नेता चयन गर्नूस् : नेता केसी

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

शनिबार नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वसहमहामन्त्री केसीले गुटगत राजनीतिका आधारमा पार्टीमा नेतृत्व चयन नगर्न सुझाव दिए ।

‘हामी को-कसको मान्छे, को कुन समूहको मान्छेभन्दा पनि व्यक्तिको विचार, उसको काम हेरेर नेता चयन गर्नूस् । मन, बचन र कर्मले कसले पार्टीको संगठन निर्माण र जनताको सेवामा काम गरेको छ, त्यसलाई जिताउनूस्,’ उनले भने, ‘नेता नहेर्नूस्, उसको नीति र जिल्लामा गरेका कामलाई हेर्नूस् । व्यक्ति होइन, उसले समग्र राष्ट्र हीत र विकासमा गरेको योगदानलाई मूल्यांकन गर्नूस् ।’

उनले पार्टीभित्र राजनीतिक पूर्वाग्रह र गुटगत निकटताका आधारमा नेता कार्यकर्ताको मूल्यांकन गर्न नहुनेमा जोड दिए ।

चियापान कार्यक्रममा नुवाकोट जिल्लामा पार्टीको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र पालिकाका नेतृत्वलगायत नेता कार्यकर्ताको उपस्थिति थियो । नुवाकोटमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ 


कस्तो लाग्यो ?

यो पनि