बैशाख २९, २०८१, शनिबार
               

रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज यहाँ पत्रकारहरूसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन् । 

उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए । 

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए । उनले भने, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफू, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि