जेठ ०१, २०८१, मंगलबार
               

देउवाले केपी ओलीको पदचाप पछ्याए : रामचन्द्र पौडेल

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्‍याएको आरोप लगाएका छन् । 

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लोभमा अरु केहि नदेखेको बताए । 

‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए । 

‘निर्णय गरेर फिर्ता लिने कुन तमासा हो ? कांग्रेसको इज्जत कहाँ पुगेको छ ? प्रतिष्ठा कहाँ पुगेको छ ? कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलवाड गर्न के सभापतिलाई अधिकार छ ?’, उनले प्रश्न गरे । देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको उनले बताए । 

आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नुपर्ने । कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने । कहिले हलोमा भोट हाल्नुपर्ने । यो बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३औँ महाधिबेशनको गल्तिबाट आज यो अवस्थामा गुज्रिएको हो कि होइन ?’, उनले पुनः प्रश्न गरे । 

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए । 

‘अझै पनि लोकतन्त्रको सुनिश्चितता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा नथन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडाइँ लड्न जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्तासामु परीक्षाको घडी आइपुगेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि