बैशाख २५, २०८१, मंगलबार
               

गण्डकीमा डोबाटे विनाविभागीय मन्त्री नियुक्त

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेस सांसद विश्वकर्मालाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । उनको सोमबार साँझ शपथग्रहण कार्यक्रम छ । 

यसअघि मन्त्रिपरिषद विस्तारमा विकलाई मन्त्री बनाउने भनिए पनि अन्तिम समयमा नाम काटिएको थियो । योसँगै गण्डकीमा संविधानले दिएको अधिकारअनुसार मन्त्री संख्या पूर्ण भएको छ । ६० सांसद रहेको गण्डकीमा २० प्रतिशत अर्थात् १२ जना मात्रै मन्त्री बन्न पाउँछन् । 

गण्डकीमा कांग्रेस नेतृत्वमा माओवादी, जसपा र जनमोर्चाको गठबन्धन छ । प्रदेशमा कांग्रेसबाट ६, माओवादीका चार, जसपाका एक र एकजना स्वतन्त्र सांसद मन्त्री छन् ।


कस्तो लाग्यो ?

यो पनि