जेठ ०१, २०८१, मंगलबार
               

अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

काठमाडौं  । एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यसरी प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुन्छ’, भट्टराईको भनाइ छ ।

उनले गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिनु नै समस्याको समाधान नहुने पनि बताए ।  ‘दोष गजेन्द्र हमालको होइन, दोष, प्रधानमन्त्री, सरकार र प्रधानन्यायाधीशको हो । प्रश्न उहाँहरूमाथि उठेको हो । हिजो हामीमाथि आरोप लगाइएको थियो तर आज उहाँहरुको व्यवहारबाटै कस्तो सेटिङ रहेछ भन्ने देखियो’, भट्टराईले भने ।

उनले संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको बताए ।

यो पनि