बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजाले यो वर्ष दशैँमा सर्वसाधारणलाई टीका नबक्सने

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

कोरोना महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहबाट यो वर्ष दसैँमा सर्वसाधारणका लागि टीका बक्सने कार्यक्रम नहुने भएको छ ।

पूर्वराजा शाहको सचिवालयले आज सूचना प्रकाशित गरी विजयादशमीको दिन टीका बक्सने कार्यक्रम नहुने जनाएको हो । 

जारी सूचनामा पूर्वराजा यो वर्ष महाअष्टमीका दिन शक्तिपीठहरूको दर्शनमा जाने छैनन् ।

पूर्वराजा शाह र रानी कोमललाई गएको बैशाखमा कोभिड पोजेटिभ भएको थियो । दुवैलाई उपचारका लागि अस्पताल भर्ना गर्नु परेको थियो । पूर्वराजाको स्वास्थ्य केही साता सुधार भए पनि पूर्वरानीलाई कोभिडले निकै चापेको थियो । 


कस्तो लाग्यो ?

यो पनि