बैशाख ३०, २०८१, आइतबार
               

कांग्रेसले टुंग्यायो मन्त्री : रिजाल रक्षा र बडू कानुनमन्त्री

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

काठमाडौं ।

नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा जाने नेताहरूको टुंगो लगाएको छ ।

बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल जाँदै छन् । कानुन मन्त्रालयमा दिलेन्द्रप्रसाद बडू आउने भएका छन् ।

त्यसैगरी उमा रेग्मीले महिला, बालबालिका मन्त्रालय पाउने भएकी छन् भने उमाकान्त चौधरी खानेपानी तथा सरसफाइ मन्त्री बन्दै छन् ।

गत महाधिवेशनमा नेता रामचन्द्र पौडेलको समूहमा रहेका नेता रिजाल कांग्रेस महामन्त्री शशांक कोइराला नजिक मानिन्छन् भने बडू नेता रामचन्द्र पौडेल निकट हुन् । नेता कृष्णप्रसाद सिटौलाको कोटामा चौधरी परेका हुन् । 

हालका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । 

यसैबीच कांग्रेसकै भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गजेन्द्र हमाल मन्त्री बनेका छन् । उनी गैर सांसद हुन् ।

कांग्रेसबाट गृहमा बालकृष्ण खाँड र परराष्ट्रमा डा. नारायण खड्का मन्त्री बनिसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि