असोज ०५, २०८१, शनिबार
               

स्वास्थ्यमा विरोध, पर्यटनमा झाँक्री

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन् ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि