बैशाख २५, २०८१, मंगलबार
               

मन्त्री छान्न जसपाको बैठक जारी

नेपाल फ्ल्यास
असोज २१, २०७८

ADVERTISEMENT

काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो ।

सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय गरी चार मन्त्रालय जसपाको भागमा परेको छ ।


कस्तो लाग्यो ?

यो पनि