बैशाख १६, २०८१, आइतबार
               

मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।

प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भए पनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ ।  सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ । जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने ती नेताले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि