बैशाख १६, २०८१, आइतबार
               

जिल्ला प्रशासन बझाङमा विप्लव कार्यकर्ताको धर्ना

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय बझाङमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धर्ना दिएको छ। नेकपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय अगाडि धर्ना दिएका हुन् ।

यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको र तत्काल सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले धर्ना बसेको नेकपाका नेता जोक कठायतले बताए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । तर, सहमतिको सात महिना बित्न लाग्दा पनि कार्यान्वयनमा प्रगति हुन नसकेको नेता तथा कार्यकर्ताको गुनासो छ । 


कस्तो लाग्यो ?

यो पनि