बैशाख ३१, २०८१, सोमबार
               

कांग्रेस रामेछाप सभापतिको लागि दोस्रो चरणको चुनाव हुने

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापति चयनका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपानेबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्न लागिएको हो ।

जिल्ला निर्वाचन समितिका अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिमा संस्थापन पक्षका तामाङले ६६८, संस्थापन इतर समूहका न्यौपानेले ३५६ र कृष्णबहादुर महतले ३२८ मत ल्याएका छन् ।

महत बाहिरिएपछि दोस्रो चरणमा तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेस विधान अनुसार जिल्ला सभापतिमा निर्वाचित हुने कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने हुन्छ ।

कांग्रेसले २१ हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहानसम्म सात जिल्लाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने केही जिल्लामा जिल्ला अधिवेशन जारी छ । 


कस्तो लाग्यो ?

यो पनि