बैशाख ३१, २०८१, सोमबार
               

कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्षका ४ र देउवा पक्षका ३ जना सभापतिमा विजयी

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सात जिल्लाको परिणाम सार्वजनिक भएको छ । सोमबार बिहानसम्मको जिल्ला अधिवेशनको नतिजा अनुसार सस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट तीन जना सभापति विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चारजना जिल्ला सभापति विजयी भएका छन् । संस्थापन पक्षले मनाङ, हुम्ला र ताप्लेजुङको सभापति जितेको छ । पौडेल पक्षले मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा सभापति जितेको छ ।

संखुवासभामा पौडेल पक्षका दीपक खड्काले देउवा पक्षका राइमान राईलाई भारी मतान्तरले पराजित गरेका छन् । संखुवासभामा कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १८९ र राईले ११० मत मात्रै प्राप्त गरे ।

दोलखामा पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भएका छन् । दोलखामा सभापति चयनका लागि लामा र खड्काबीच आज १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

देउवा पक्ष :
मनाङ– शंकर गुरुङ
हुम्ला–मोहनविक्रम सिंह
ताप्लेजुङ–गजेन्द्रप्रसाद तुम्याहाङ

पौडेल पक्ष :
मुस्ताङ– रोमी गौचन थकाली
रुकुम पूर्व– केशरमान रोका
कालीकोट– अम्मबहादुर शाही
संखुवासभा– दीपक खड्का


कस्तो लाग्यो ?

यो पनि