बैशाख ३०, २०८१, आइतबार
               

कांग्रेस कालीकोटको सभापतिमा शाही चयन

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् ।

सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही ‘घमन’ तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् । 

अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेको कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए । 

सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बोगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् । 


कस्तो लाग्यो ?

यो पनि