बैशाख १२, २०८१, बुधबार
               

माओवादीले ६ जना विद्यार्थी नेताहरूलाई बनायो केन्द्रीय सदस्य

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । 

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएपछि अरू नेताहरूलाई पार्टी सदस्य बनाएर नेताहरूको व्यवस्थापन गरेका हुन् । 

पूर्वअध्यक्ष तामाङसहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको हो । उनीहरूले आजैका मितिदेखि पार्टी राजनीति सुरु गर्ने भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि