जेठ ०५, २०८१, शनिबार
               

कांग्रेस विराटनगर सभापतिमा चापागाईं विजयी

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी  कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । चापागाईँले २ सय १२ मतसहित पाउँदा न्यौपानेले १ सय ६५ मतमा चित्त बुझाए । न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् ।

सभापतिकै प्रतिस्पर्धी कृष्ण कार्की  र अरूण न्यौपाने क्रमशः १सय ३३ र १ सय २७ मत पाएर पराजित भए ।    

उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।

शनिबार भएको नगर अधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो । 


कस्तो लाग्यो ?

यो पनि