जेठ ०८, २०८१, मंगलबार
               

'कांग्रेस नेतृत्व मन टुटेका नागरिकसँग संवाद गर्न सक्ने चाहिन्छ'

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा मन टुटेका नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए । 'आज जसरी चलेको छ, यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,' उनले भने ।

नेता थापाले कांग्रेसभित्रै सुधार र सुदृढीकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । 'कांग्रेसभित्र ठूलो सुदृढीकरण र सुधारको खाँचो छ,' उनले भने, 'हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद् वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरूको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।'

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मदेसवादी दलहरू मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न उनले आग्रह गरे ।

'अर्काले पस्केको दूधभात खाने कांग्रेसको जात होइन । हामी आफैँले एकल शक्तिका आधारमा काठमाडौं महानगरमा पनि कांग्रेसको झन्डा गाड्ने हो । यो पटक एकल शक्तिका आधारमा फेरि पाँच वर्ष निम्ति देश चलाउने जिम्मा कोही सँग मिलेर होइन एक्लै सबै कम्युनिस्ट र मधेसका पार्टी एक भएर आए भने पनि जित्ने ताकत राख्ने गरी कांग्रेसले आफ्नो संगठन निर्माण गर्नुपर्छ । यसका लागि अझै हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी छ,' उनले भने ।

यो पनि