जेठ ०५, २०८१, शनिबार
               

देउवा र पौडेल असफल : प्रकाशमान सिंह

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल असफल भइसकेको बताएका छन् ।

उनले दुवै असफल भएकोले अब पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने बताएका हुन् । 

कांग्रेस काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले सभापति देउवा र वरिष्ठ नेता पौडेललगायतका नेताहरू पाएको अवसरहरूको सदुपयोग नगरेको बताए । '१३औँ महाधिवेशन पश्चात् उहाँहरूले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकिएको छैन,' उनले भने, 'अनि किन गुणगान गाउने ?'

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको बताए । आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै सभापति देउवा असफल भएकाले राजीनामा गर्न माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप थियो ।

सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाए । 'पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर बाइपास गरेको छ,' उनले भने, 'देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने?'

पार्टीको सिद्धान्त, आदर्श र लोकतन्त्रका लागि गरेको संघर्षले कांग्रेसलाई विश्व समुदायमा चिनारी दिएको भन्दै पार्टीको महत्त्व बुझ्नु आजको आवश्यकता भएको सिंहले बताए । तर, सिद्धान्तअनुरूप डेलिभरी हुन नसकेको उनको भनाइ थियो ।


कस्तो लाग्यो ?

यो पनि