जेठ ०८, २०८१, मंगलबार
               

हुम्लामा पौडेल समूहले बनायो समानान्तर समिति

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ ।

पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।  फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि  समानान्तर कमिटी गठन गर्ने जनाएको छ ।

मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरूले समान्तर कमिटी बनाएको पूर्व सांसद रीता शाहीले बताइन् । ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौँ,’ उनले भनिन्, ‘एकलौटी रूपमा चल्ने पार्टी हैन ।’

हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्व सांसद रिता शाहीले बताइन् । 


कस्तो लाग्यो ?

यो पनि