बैशाख ०७, २०८१, शुक्रबार
               

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफूले नेतृत्व छाड्ने बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ ।

‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने ।

‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ। त्यही लिम्पिया माओलाई गोली हान्न गयो । त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन ।’ प्रचण्डले बताए ।


कस्तो लाग्यो ?

यो पनि