बैशाख ३०, २०८१, आइतबार
               

कांग्रेसका कार्यकर्ताद्वारा रेडक्रसको एम्बुलेन्स तोडफोड

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् ।

कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाइदिएका हुन् । उक्त घटना बिहीबार राति भएको हो ।

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेको थियो । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा तोडफोड भइको रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए । 


कस्तो लाग्यो ?

यो पनि