बैशाख २८, २०८१, शुक्रबार
               

कांग्रेसमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्र अनुसार फरक–फरक मापदण्ड निर्धाणर गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् भने अन्यको हकमा यो मापदण्ड लागू हुँदैन ।

निर्वाचन समितिले बिहीबार जिल्ला निर्वाचन अधिकृतहरूलाई गरेको परिपत्रअनुसार एकभन्दा धेरै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन पाउँछ ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लाहरूमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउँछन् ।देशका ३५ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा भने जिल्ला सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा भने महाधिवेशन प्रतिनिधि भई सकेकाहरू जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउँछन् ।

महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिमा उम्मेदवार भए पनि उसको पद भने जाने छैन । जिल्ला सभापतिको उम्मेदवार हुन क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्छ । जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य हुनका लागि पनि क्षेत्रीय प्रतिनिधि हुनुपर्ने व्यवस्था कांग्रेसको छ ।

महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको चुनाव भने एकैपटक गरिनेछ । एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा दुबैतर्फ उम्मेदवार हुन भने पाउने छैन ।

कांग्रेसले हिमाली जिल्लाहरूमा १८ असोजदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । २१ हिमाली जिल्लामध्ये डोल्पा र रसुवामा क्रियाशील सदस्यता विवादले गर्दा वडा अधिवेशन नै हुन सकेको छैन ।

बाँकी १९ जिल्लामा भने पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने तयारी भएको छ । अन्य जिल्लाहरूमा भने वडा र पालिका अधिवेशन सकिएको छ ।

प्रदेश सभा निर्वाचन, संघीय निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशन दशैँ र तिहारको बीचमा गर्ने तयारी गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । कांग्रेसले प्रतिनिधि सभा क्षेत्रअनुसार जिल्ला सभापतिको उम्मेदवार हुनका लागि फरक-फरक मापदण्ड बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि