बैशाख २८, २०८१, शुक्रबार
               

माधव नेपालको पार्टी निकै कमजोर हुन्छ : मुख्यमन्त्री शाक्य

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

नुवाकोट । बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् ।

एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन् ।

एमालेको उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फुटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् ।

उनले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुनेसमेत दाबी गरिन् । उनले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताइन् ।

मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले सबै नेता कार्यकर्ताले जिम्मेवार ढङ्गले सक्रिय हुनु समेत निर्देशन दिइन् ।

यो पनि