बैशाख १४, २०८१, शुक्रबार
               

राष्ट्रिय सम्मेलनको मोडल तयार गर्न माओवादी बैठक बस्दै

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

नेता पोखरेलका अनुसार आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट छलफल सुरु हुनेछ । ‘तीनवटा प्रस्तावमध्ये राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने विषयमा अलि बढि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने,‘विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद लगायतबाट प्रतिनिधित्व गर्ने संख्याबारे सहमति जुटाउने प्रयास हुन्छ ।’

राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ । प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गनुपर्ने उल्लेख छ । यसअघि सो पार्टीले सदस्यता नवीकरण मिति भदौ मसान्तसम्म निर्धारण गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि