जेठ ०७, २०८१, सोमबार
               

अध्यादेश छिटै फिर्ता हुन्छ : प्रचण्ड

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता हुने बताएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेशकै कारण मन्त्रिपरिषद बिस्तार हुन नसकेको स्वीकारेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ १ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेश भदौ २ गते जारी भएको थियो ।

दल विभाजनसम्बन्धी अध्यादेशकै प्रावधानअनुसार नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भइसकेका छन् तर मन्त्रिपरिषद बिस्तारमा सोही अध्यादेशले अवरोध निम्त्याएको थियो ।

आजै ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठकले संसद अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गर्ने सम्भावना रहेको छ । राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य भएलगत्तै देउवाले अध्यादेश फिर्ता गर्ने प्रक्रिया सुरु हुने स्रोतको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि