जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ ।

शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन भएका हुन् ।

मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनिहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य छन् ।

यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो ।

कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्य नेपाल नेपालबाट वसन्तराज घिमिर सभापतिमा निर्वाचित भएका छन् । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि