जेठ ०४, २०८१, शुक्रबार
               

मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौँ १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेद्वार भएको बताए । पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौँका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनाको भनाइ छ ।

राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै उनले देश र पार्टीलाई अघि बढाउन सक्षम नेताको खाँचो रहेको बताए । त्यो क्षमता आफूसँग रहेको पनि उनले दाबी गरे । कर छुटलगाएतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै उनले प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।

नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि