जेठ ०८, २०८१, मंगलबार
               

बादललाई सुदनको जवाफ-'फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने'

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

भोजपुरबाट प्रतिनिधिसभा निर्वाचित सांसद सुदन किराँतीले रामबहादुर थापा (बादल) सँग चुनाव लड्नु परे आफू नै काफी भएको बताएका छन् ।

प्रचण्डसँग चितवनमै गएर चुनाव लड्न सक्छु भन्ने बादलको भनाइपछि किराँतीले भने “फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने, गुलेली मट्याङ्ग्रा नै काफी छ । प्रचण्डको त कल्पना नै नगरौँ, उहाँसँगै मै चुनाव लड्न सक्छु ।”

यसअघि आजै मात्र प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले प्रचण्डको चितवन निर्वाचन क्षेत्रबाटै आफू उम्मेदवार बन्ने बताएका थिए । त्यसक्रममा उनले चितवनको समग्र चुनाव नै प्रचण्ड भर्सेज बादल हुने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि