बैशाख ०७, २०८१, शुक्रबार
               

आजै टुंगो लाग्ला त संवैधानिक इजलास विवादको मामिला ?

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धी रिटको सुनुवाइ आज हुँदै छ । यो रिट किनारा लागेसँगै संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने कि नपर्ने भन्ने रिट अघि बढ्ने छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज पेसी तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुने कि नहुने भन्ने प्रश्नका कारण संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धी रिटको सुनुवाइ अघि बढ्न सकेको थिएन ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासको भदौ १७ को अन्तरिम आदेशले संवैधानिक इजलासको सुनुवाइ रोकिएको थियो । रिटमा शुक्रबार विपक्षी, एमिकस क्युरी र रिट निवेदकले बहस गर्ने छन् । सर्वोच्च अदालत, न्याय परिषद् र कानुन व्यवसायी परिषद्ले लिखित जवाफ पेस गरेसँगै सुनुवाइ हुन लागेको हो ।

ओली सरकारले २०७७ मंसिर ३० अध्यादेश जारी गरी संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्त गरेको थियो । देउवा सरकारले ती सबै नियुक्ति खारेज गर्ने बताए पनि अदालतमा विचाराधीन भएको कारण कुनै निर्णय गरिएको थिएन ।

संवैधानिक परिषद्मा प्रधानन्यायाधीश उपस्थित रहेको र निजको पनि निर्णयमा संलग्नता भएका कारण इजलासमा प्रश्न उठेको थियो । कानुन व्यवसायीले प्रश्न उठाए पछि प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणा त्यसबाट अलग हुन खोजेका थिए । 

तर प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासको कल्पना नभएको तर्क उठेपछि फेरि यो प्रकरण अघि आएको हो । 

यो विवादको निरूपणमा लामो समय लागेको छ । सम्भवत अब ढिलाइ नहुने बुझाइ कानुन क्षेत्रका जानकारहरूको छ । 

यो पनि