जेठ ०८, २०८१, मंगलबार
               

भारतीय मिडियाले गरे ओलीको खण्डन

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सार्वजनिक गरेको पार्टीको परराष्ट्र नीतिमा भारत र अमेरिकाको आलोचना र चीनको तारिफ गरेपछि भारतीय मिडियाले खण्डन गरेकाे छ । 

नेपालका नेताहरूले आफ्नो जनाधार खस्कँदै गएपछि भारतको विरोध गर्दै राष्ट्रवादीको छवि बनाउने गरेको आरोप लगाएको बिबिसी हिन्दीले जनाएकाे छ । बिबिसीले भनेको छ, ‘तराईमा आर्थिक नाकाबन्दी हुँदा ओलीले चीनसँग मिलेर भारत चिढ्याउने काम गरे । त्यस क्रममा उनले चीनसँग व्यापार र यातायात सम्झौतासमेत गरे ।’

बिबिसी हिन्दीले नेपालमा कुनै नेता संकटमा परे भारतविरोधी बयानबाजी गरेर चर्चा कमाउने तर भारतले भने फर्केर जवाफ नदिने बताएका छन् । उक्त सञ्चारमाध्यमले आधिकारिक रुपमा भारतले कहिल्यै नेपालको नयाँ संविधानमाथि विरोध नगरेको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि