बैशाख २४, २०८१, सोमबार
               

प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच विधेयकमाथि छलफल चलेको थियो ।

नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले यो प्रस्ताव फिर्ता लिने मौका दिए । उनले संशोधन प्रस्ताव फिर्ता लिएनन् तर, बहुमतले संशोधन प्रस्ताव स्वीकार गरेनन् । 

अन्तिममा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि सभामुख सापकोटाले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । संसद्‌को बहुमत  सदस्यले आर्थिक विधेयक पारित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि