चैत १५, २०८०, बिहीबार
               

१२ राजदूतलाई सरकारले बोलायो फिर्ता

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

 काठमाडौं । विभिन्न मुलुकमा नियुक्त पाएका राजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।  यसअघि, राजनीति क नियुक्ति पाएका राजदूतलाई सरकारले फिर्ता बोलाएको १२ हो । जसमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन् । 

मन्त्रिपरिषद्को मंगलबारको बैठकले  अघिल्लो केपी ओली  नेतृत्वको सरकारले राजनीतिक नियुक्त दिएका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । तर, सरकारले परराष्ट्र सेवाबाट राजदूत नियुक्त भएकाहरूलाई भने जिम्मेवारीमा यथावत् राख्ने निर्णय गरेको छ। ‘राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका अमेरिका, बेलायत, चीन, भारत जस्ता शक्तिशाली मुलुकमा नियुक्त राजदूत पनि फिर्ता हुनुपर्ने भएको छ। अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा‍. युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, चीनका लागि पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, भारतका लागि पूर्वमन्त्री नीलाम्बर आचार्य राजदूत छन्। शक्तिशाली मुलुकमा रहेका राजदूत एकैपटक फिर्ता गर्ने निर्णय सरकारले गरेको छ । 

त्यस्तै, सरकारले कतारका लागि नारद भारद्वाज, दक्षिण अफ्रिकाका लागि निर्मल विश्वकर्मा, बंगलादेशका लागि डा. वंशीधर मिश्र, जापानकी प्रतिभा राणा, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जना शाक्य, स्पेनका लागि दावा फुटी शेर्पा, ओमनकी शर्मिला पराजुली ढकाललाई पनि फिर्ता गर्ने निर्णय गरेको छ । 

जापानका लागि राजदूत बनेकी राणा प्रधानमन्त्री देउवाकी सासू हुन् । राणा र ओमनमा राजदूत बनाएर पठाइएकी पराजुलीको समय सकिए पनि ओली नेतृत्वको सरकारले समय थप गरेको थियो । ‘कुन देशको किन परिवर्तन गरियो भन्ने कुरा महत्त्वपूर्ण होइन,’ सरकारका प्रवक्ता खड्काले भने, ‘सरकारको निर्णय यही हो ।’ यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

यससँगै नेपालका २२ देशमा राजदूत पद हाल खाली भएको छ ।

                                                                                          


कस्तो लाग्यो ?

यो पनि