बैशाख १४, २०८१, शुक्रबार
               

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ एक बजे, आजै न्युयोर्क जाने

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका नारायण खड्काको बुधबार दिउँसो शपथ हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ ।

देउवाका अनुसार सरकारले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । ‘परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुहुनेछ,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि