बैशाख १३, २०८१, बिहीबार
               

मन्त्री छनोटबारे कांग्रेसमा असन्तुष्टि, पौडेल पक्षले बोलायो बैठक

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिएको थियो । 

देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । लामो समय पौडेल समूहसँग निकट खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेको छन् ।

परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो । उद्योगी विनोद चौधरीले पनि इच्छा राखेका थिए । तर देउवाले खड्कालाई रोजेका छन् । सरकारका सन्दर्भमा देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो रणनीति बनाउने एक नेताले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि