बैशाख १३, २०८१, बिहीबार
               

माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : प्रचण्ड

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ ।

उनले यो कुरा आज पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा भनेका हुन् ।‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो ।’

माओवादी ठूलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उनले उल्लेख गरेका थिए । माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरूलाई पहिलो पार्टी बनेर जवाफ दिएको उनको भनाइ थियो ।

 


कस्तो लाग्यो ?

यो पनि