बैशाख ०८, २०८१, शनिबार
               

सभामुखले बैठक आऊ भनेर औपचारिकता पूरा गरे : नेता नेम्वाङ

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभास नेम्वाङले सभामुखले बैठकमा आउ भनेर औपचारिकता पूरा गरेको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताएका हुन् । सभामुखले एमालेमाथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको नेता नेम्वाङले बताए । सभामुखले औपचारिकताका लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । 

नेवाङले सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको भन्दै औपचारिकताका लागि मात्र बोलाएको बैठकमा जानुको कुनै अर्थ नरहेको बताए । 'हामीसँग सभामुले भेदभाव गर्नुभयो । प्रमुख प्रतिपक्ष दललाई भेदभाव गरियो भन्ने कुरा प्रष्ट छ', नेता नेम्वाङले भने, 'त्यो शंका निवारणको लागि उहाँबाट कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरु पुछ्नुस् ।'

सत्तापक्षको ढंग नपुगेका कारण संसद्‌मा अहिलेको अवस्था आएको टिप्पणी गर्दै नेता नेम्वाङले प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि