बैशाख २४, २०८१, सोमबार
               

४ असोजसम्मका लागि संसद् बैठक स्थगित

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’ 

मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि