बैशाख १५, २०८१, शनिबार
               

सर्वदलीय बैठक निष्कर्षबिहीन

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

सदनका प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको बैठक सहज बनाउन सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गरेकाे सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।

संसदमा अवरोध गर्दै आएको एमालेनै सहभागी नभएपछि संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन । नेताहरुले भने सभामुख सापकोटालाई पुनः प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव दिएका छन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट पौडेल, कानूनमन्त्री कार्की सहभागी थिए । 


कस्तो लाग्यो ?

यो पनि