बैशाख २१, २०८१, शुक्रबार
               

एमसीसी खारेजको माग गर्दै टुँडिखेलमा विप्लव समूहको प्रदर्शन

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो ।

उनीहरुले 'एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ', 'एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो', 'एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं' लगायतका नारा लगाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि