बैशाख १६, २०८१, आइतबार
               

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज सोमबार दिउँसो बस्दै छ ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् ।सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्ने छ ।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि