जेठ ०८, २०८१, मंगलबार
               

सत्ता गठबन्धनको मन्त्रिमण्डल विस्तारमा जुटेन सहमति

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।

‘मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन: छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएर सैद्धान्तिक विषयमा सहमति भए पनि प्राविधिक विषय मिलाउन बाँकी रहेकाे बताए । उनले भोलि पुन: बैठक बसेर सहमति खोजिने बताए । 


कस्तो लाग्यो ?

यो पनि