जेठ ०८, २०८१, मंगलबार
               

रहेनन् कांग्रेस नेता महतो

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

सुदूरपश्चिम । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो ।

पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उहाँ कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए ।

कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।

उनका श्रीमती तीन छोरा र तीन छोरी छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि