जेठ ०८, २०८१, मंगलबार
               

केन्द्र र क्षेत्रबाहेकका कांग्रेस अधिवेशनको सबै कार्यतालिका हेरफेर

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् ।

जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताए ।


कस्तो लाग्यो ?

यो पनि